२०८२ चैत्र १ गते आइतवार

समस्यामा परेका भुमा ठाडालाई लायन्स क्लबद्वारा टिन सहयोग

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–२ स्थित एकता टोल विकास संस्थामा बस्ने भुमा ठाडाको परिवारलाई लायन्स क्लब अफ दाङले जस्तापाता (टिन) सहयोग गरेको छ ।

केही महिना अघि बैदेशिक रोजगारीका लागि विदेशिएका भुमाको श्रीमानको निधन भएपछि भुमाको परिवारलार्ई बस्न र खान समस्या परको थियो । भुमाको परिवारलाई बस्नलाई समस्या भएपछि घर बनाउन सुरु गरिएको छ ।

घर बनाउदै गर्दा जस्ता पाता (टिन) को अभाव भएपछि लायन्स क्लब अफ दाङले जस्ता पाता सहयोग गरेको छ । भुमाको परिवारलाई खाद्यान्नको लागि छरछिमेकीहरूले केही सहयोग गर्दै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष भिम योगी, वडा सदस्य हुमा घर्ती, एकता टोल विकास संस्थाका अध्यक्षको रोहबरमा भुमाकोे घरमै पुगेर टिन हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ दाङका पूर्वअध्यक्ष सुरेश हमालले १० थान १२ फुटे टिन, लायन्स क्लब अफ दाङका वर्तमान अध्यक्ष गोर्ख ओलीले ५ थान र गगेश भण्डारीले ५ थान टिन भुमाको घरमै पुगेर सहयोग गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस