२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुर उपमहानगरको बजेट २ अर्ब बढी, तर चालुवर्षको भन्दा कम

दाङ, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि २ अर्ब बढीको बजेट ल्याएको छ ।

नगर उपप्रमुख स्यानी चौधरीले नगर सभाको १७ औँ अधिवेशनमा मंगलबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ६ करोड ६६ लाख ९३ हजार ८ सय ५५ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३८१ बराबरको बजेट ल्याएको थियो । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगतभन्दा चालुखर्चतर्फको बजेट बढी बिनियोजन गरेको छ ।

उपमहानगरपालिकाले चालुतर्फ कुल बजेटको ६५ दशमलव ०८ प्रतिशत अर्थात १ अर्ब ३४ करोड ५१ लाख बिनियोजन गरेको छ । पुँजीगततर्फ ३२ दशमलव ९० अर्थात ६७ करोड ९९ लाख ९३ हजार ८५५ रुपैँया बिनियोजन गरेको नगर उपप्रमुख चौधरीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि विकास र पशुसेवातर्फ १/१ करोड बजेट बिनियोजन गरेको छ । यस्तै शिक्षा, स्वास्थ्य, खेलकुद लगायतमा बजेट बिनियोजन गरेको उपप्रमुख चौधरीले बताउनुभयो ।

उपमहानगरपालिकाले एक घर एक रोजगार अभियान जस्ता महत्वाकांक्षि योजनाका लागि पनि बजेट बिनियोजन गरेको छ । तर कति बजेट भन्ने एकिनरुपमा उल्लेख गरिएको छैन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस