दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ ले शुक्रबार सार्वजनिक सुनुवाई गरेको छ । वडाका काम र प्रशासनिक सेवालाई थप पारदर्शी बनाउन वडाले सार्वजनिक सुनुवाई गरेको हो ।
वडा अध्यक्ष शंकर कुमार खड्काको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । कार्यक्रममा वडा सचिव आशाराम चौधरीले आर्थिक वर्ष २०८१/२०८२ मा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक विवरण अनुसार वडाले एक वर्षको अवधिमा ३ हजार ३ सय मिटर पक्की नाला निर्माण गरेको छ । उहाँले सेवालाई थप व्यवस्थित र छिटोछरितो बनाउँदै लगेको समेत बताउनुभयो ।
कार्यक्रममा शिक्षा, कृषि, सडक लगायतकाबारेमा सहभागीले प्रश्न गरेका थिए । सहभागीले गरेका प्रश्नको जवाफ वडा अध्यक्ष शंकरकुमार खड्का र सचिव आशाराम चौधरीले दिनुभएको हो । कार्यक्रमको सहजीकरण आधारभूत विद्यालय खौसापुरका प्रधानाध्यापक राजनकुमार वलीले गर्नुभएको हो ।















