तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको प्रगतिशील टोल विकास संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको हिजो शनिबार सम्पन्न भएको निर्वाचनमा अतिराम विष्टको प्यानलै निर्वाचित भएको छ ।
विष्टको प्यानल माछा चिन्हबाट चुनाब लडेको थियो । विष्ट २१० मतका साथ अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुशिल श्रेष्ठले जानकारी दिनुभयो ।
विष्ट माओवादीले समर्थन गरेको वेद प्रसाद वलीलाई ६२ मतले पछि पादै निर्वाचित हुनुभएको हो । वलीले १४८ मत प्राप्त गर्नु भएको छ । वलीको प्यानल फुटबल चिन्हबाट चुनाब लडेको थियो ।
निर्वाचनमा दुई वटा प्यानल प्रतिस्पर्धामा रहेका थिए । अध्यक्ष पदका उम्मेदवार वलीको प्यानललाई माओवादीले समर्थन गरेको थियो भने विष्टको प्यानललाई कांग्रेसले समर्थन गरेको थियो ।
यस्तै उपाध्यक्ष पदमा विष्टको प्यानलका जीवन कुमार वली २१६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी वली प्यानलका बलबिर बुढाथोकीले १४५ मत मात्र प्राप्त गर्नुभएको छ ।
सचिवमा कांग्रेस समर्थित सुकलाल पुन निर्वाचित हुनुभएको छ । उहाँ १९६ मत प्राप्त गदै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि माओवादी समर्थित माया पुनमगरले १५७ मत प्राप्त गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै कोषाध्यक्ष पदमा पनि कांग्रेस समर्थित ट्यूरिना शाही २०३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धि वली प्यानलका पवित्रा बुढाथोकीले १५३ मत प्राप्त गर्नु भएको छ ।
सदस्यमा विष्टको प्यानलै निर्वाचित भएको छ । खिम बहादुर खत्री २१२, बिमला डाँगी २०५, हिरा कुमारी परियार २००, ओज बहादुर खड्का २०८ र टिका चन्दले २१० मत प्राप्त गदै निर्वाचित भएका छन् ।
टोल विकास संस्थामा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा ३७१ मत खसेको थियो । टोल विकास संस्थामा ४२८ जना जम्मा मतदाता संख्या रहेकोमा ३७१ मत मात्रै खसेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । टोलमा रहेका ५७ जनाले मतदानमा सहभागि नभएको उहाँले बताउनुभयो ।














