२०८२ फाल्गुन २६ गते मङ्गलवार

जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

दाङ, ९ भदौ । तुलसीपुर–४ तल्लो हलवार निवासी शंकर चौधरीले जन्मदिनको अवसरमा विपन्न समुदायलाई खाद्यान्न सहयोग गर्नुभएको छ । समाजसेवी चौधरीले आज ४२ वर्ष पुगेर ४३ औँ वर्षमा प्रवेश गरेको अवसरमा तुलसीपुर–४ बायखोलाका वादी समुदायलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

तीज पर्व खल्लो नहोस् भनेर गरिब विपन्न समुदायलाई खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो । समाजसेवी उपेन्द्र पौडेलको समन्वयमा बादी समुदायका ६ घर परिवारलाई दाल, चामल, तेल, ननु लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो । खाद्यान्न सहयोग पाएपछि ४६ वर्षिय ज्ञानी वादीले खुशी व्यक्त गर्नुभयो ।

‘साँझ बिहानको छाक टार्न समस्या परिररहेको बेला सहयोग पाएपछि खुशी लागेको छ ।’ उहाँले भन्नुभयो–‘हामीलाई तीजको दर खाने भन्दा पनि भोक मेट्ने चिन्ता छ । श्रीमानको मादल बनाउने पेशा थियो, तर पछिल्लो समय श्रीमानपनि अशक्त भएपछि मागेर काम चलाउनुपरेको छ ।’

समाजसेवी उपेन्द्र पौडेलले चाडपर्वको मौकामा केहि भएपनि सहजता बनाउनका लागि खाद्यान्न सहयोग गरिएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस