२०८२ फाल्गुन २६ गते मङ्गलवार

अध्यादेशले सहकारीकर्मीको दोहोरो, तेहरो पद खारेज गर्ने

दाङ । सरकारले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ल्याउने अध्यादेशले दोहोरो/तेहरो पदको विषयमा पनि स्पष्ट पार्ने भएको छ । सहकारीको समस्या दोहोरिन नदिन सरकारले एक व्यक्ति, एक पदमा मात्रै बस्न पाउने व्यवस्था अध्यादेश मार्फत गर्न लागेको हो ।

पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको सुशासनको कमी, वित्तीय अपचलन तथा ठगीका समस्या बढ्दा सर्वसाधारणको बचत नै जोखिममा परेको छ । लामो समयदेखि सर्वसाधारणले आफ्नो बचत फिर्ता लिनका लागि आन्दोलन समेत गर्दै आएका छन् ।

सहकारीको समस्याले समग्र अर्थतन्त्रलाई प्रभावित बनाएपछि सरकारले अध्यादेश ल्याएर भएपनि सम्बोधन गर्ने तयारीमा सरकार लागेको हो । सहकारी समस्याको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले समेत छिटो छरितो रुपमा समाधान गर्नका लागि निर्देशन दिएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल गरिरहेको छ ।

सहकारी अभियन्ताले ऐनको दफा ४१ (४) लाई आधार बनाई संघ र सहकारी संस्थाको परिभाषा फरक रहेको दाबी गर्दै दोहोरो पदमा बस्न पाउने तर्क अघि सार्दै आएका छन्। ऐनको त्यो दफा अनुसार पनि प्रष्ट रुपमा बस्न पाउने भन्ने नभएको विभागका अधिकारीको दाबी छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस