दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाक, कान र घाँटी (ईएनटी) सम्बन्धी जटिल शल्यक्रिया सुरु गरिएको छ । प्रतिष्ठानले हालै एक बिरामीको घाँटीमा अड्किएको हड्डी सफलतापूर्वक निकालेर सेवा विस्तारको गरेको छ ।
रोल्पा थबाङ–४ निवासी ७७ वर्षीय रुपधन घर्तीको घाँटीमा तीन दिनदेखि अड्किएको खसीको हड्डी प्रतिष्ठानमा गरिएको शल्यक्रियाबाट निकालिएको हो । घाँटीमा हड्डी अड्किएपछि घर्ती उपचारका लागि प्रतिष्ठानमा भर्ना हुनुभएको थियो ।
प्रतिष्ठानका नाक, कान, घाटि रोग विशेषज्ञ सर्जन, प्रोफेसर डा. दिपेन्द्र गौतमको नेतृत्वमा रहेको नाक, कान, घाटि रोग विशेषज्ञ डा. एलिना आचार्य, एनेस्थेसियोलोजीष्ट डा. बिभेष मण्डल, नर्स मिना बिश्वकर्मासहितको चिकित्सक, नर्स, स्वास्थ्यकर्मिको टोलिले बिरामीको सफलतापुर्बक अप्रेसन गरेको थियो ।
बिरामीको अबस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन । इन्डोस्कोपिक विधिद्वारा उक्त हड्डीलाई निकालिएको उपचारमा संलग्न चिकित्सक डा. दिपेन्द्र गौतमले जानकारी दिनुभयो ।















