२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङमा ११ जना फरार प्रतिवादी पक्राउ


दाङ । दाङमा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । मंसिर २० गतेदेखि २६ गतेसम्म ११ जना फरार प्रतिवादी पक्राउ परेको दाङ प्रहरीले जनाएको हो ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले सञ्चालन गरेको खोजतलास अभियानमा फरार रहेर लुकीछिपी बसेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

दाङ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि दाङ जिल्ला अदालतमा बुझाएको डिएसपी शाहले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयनका क्रममा पक्राउ परेकाहरुबाट करिब ६६ हजार १६८ रुपैंया बराबरको जरिवाना असुल भएको प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुका सम्बन्धित मुद्दामा तोकिएको कुल ४ वर्ष ९ महिना १७ दिन कैद सजाय कार्यान्वयनका लागि अदालत पठाइएको डिएसपी शाहले जानकारी दिनुभयो ।

न्यायिक प्रक्रियाप्रति सार्वजनिक विश्वास बढाउन र अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता खोजतलास तथा निगरानी अभियान निरन्तर जारी रहने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस