२०८३ बैशाख ८ गते मङ्गलवार

प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न उच्च अदालत तुलसीपुरको अल्पकालीन आदेश


दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना जारी गरेको थियो । तर प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले रिट दायर गरेपछि अदालतले पुस ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ ।

८ गतेसम्म नियुक्तिको प्रकृयाअघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिनेबारे आगामी सुनुवाइमा छलफलपछि मात्रै थाहा हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस