दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले नागरिकको स्वास्थ्य जाँचलाई गाउँ केन्द्रित गरेको छ । अस्पतालसम्म आउन पहुँच नभएका नागरिकका लागि अस्पतालले गाउँ–गाउँमा पुगेर नागरिकको निशुल्क स्वास्थ्य जाँच गर्ने गरेको हो ।
अस्पतालले बुधबार पश्चिम दाङको बबई गाउँपालिका–६ चौपारीमा पुगरेर स्थानीयको स्वास्थ्य जाँच निशुल्क गरेको अस्पताल प्रशासनले जनाएको छ ।
शिविरमा सुगर, प्रेसर र अक्सिजनको मात्रा जाँच गरिएको हो । शिविरमा विषेशगरी अशक्त र जेष्ठ नागरिकको पे्रसर, सुगर र अक्सिजनको मात्रा जाँच गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य जाँच गरिएका अधिकांशमा सुगरको मात्रा बढी देखिएको जाँच संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । शिविरमा १ सय बढीको स्वास्थ्य जाँच गरिएको हो । शिविरमा स्थानीय १०२ वर्षिय महिला गुइमी चौधरीको समेत स्वास्थ्य जाँच गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
















