नवलपरासी । प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी पश्चिमबाट रास्वपा उम्मेदवार बिक्रम खनाल विजयी हुनुभएको छ । उहाँले कांग्रेसका बिनोद चौधरीलाई ठूलो मतान्तरले पछि पारेर जित निकाल्नुभएको हो ।
खनालले ४५ हजार २४१ मत प्राप्त गर्नुभएको छ भने चौधरीले भने ९ हजार ५०२ मत मात्रै ल्याउनुभएको छ । त्यस्तै एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत ल्याउनुभएको छ । जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गर्नुभएको छ ।














