२०८३ बैशाख १३ गते आइतवार

कांग्रेस–एमाले र नेकपाको गढ लुम्बिनी प्रदेशमा रास्वपाको घण्टी बज्यो

दाङ । यसपटकको निर्वाचनले परम्परागत शक्ति सन्तुलनलाई पूर्णरुपमा उथलपुथल पारिदिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पाटीको किल्ला मानिँदै आएको लुम्बिनी प्रदेशमा पनि राजनीतिक विरासत फेरिएको छ ।

प्रत्यक्षतर्फका धेरै सिट जितेको रास्वपाले समानुपातिक मततर्फ पनि निकै ठूलो अन्तरले अन्य दलहरूलाई पछि पारेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार लुम्बिनी प्रदेशमा रास्वपाले समानुपातिकतर्फ ९ लाख ३३ हजार ३७२ मत ल्याएको छ । देशभरीमा दोस्रो भएको कांग्रेस लुम्बिनी प्रदेशमा पनि दोस्रो भएको छ । तर रास्वपाको तुलनामा कांग्रेसले निकै कम मत प्राप्त गरेको छ ।

कांग्रेसले समानुपातिकतर्फ लुम्बिनी प्रदेशमा ३ लाख २८ हजार ७१९ मत ल्याएको छ । यस्तै नेकपा एमालेले २ लाख ९६ हजार ५४२ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पाटीले लुम्बिनी पनि चौथो स्थान कायम गरेको छ । पाटीले लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ १ लाख ५५ हजार २४२ मत मात्रै ल्याएको छ ।

लुम्बिनीमा राष्ट्रिय प्रजातन्त्र पाटी पाँचौ देखिएको छ । राप्रपाले १ लाख मत कटाउन सकेको छैन् । राप्रपाले लुम्बिनी प्रदेशमा ४८ हजार ४८ मत ल्याएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस