२०८३ बैशाख १६ गते बुधवार

राप्ती लाइफ केयर अस्पतालमा टोल फ्रि सेवा शुरु


दाङ । दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालले निःशुल्क फोन सेवा शुरु गरेको छ । बिरामीलाई सहजताका लागि अस्पतालले निशुल्क टोल फ्रि सेवा शुरु गरेको हो ।

अस्पतालको कुनै पनि सेवाका बारेमा जानकारी लिनका लागि टोल फ्रि नम्बर १८१०५०००१७५ फोन गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ । यो नम्बरमा फोन गर्दा सेवाग्राहीलाई पैसा नलाग्ने अस्पतालका कार्यकारी अध्यक्ष हरिप्रसाद रिजालले बताउनुभयो ।

टोल फ्रि नम्बरमा फोन गरेर अस्पतालका कुनै पनि सेवाको बारेमा बुझ्‌न सकिने उहाँले बताउनुभयो । टोल फ्रि नम्बरमा नेपालका जुनसुकै ठाउँबाट पनि फोन गर्न सकिने छ । सेवालाई छिटोछरितो बनाउन अस्पतालले निःशुल्क फोन सेवा शुरु गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस