दाङ, १५ चैत ।
सरकारले सहकारी पीडित साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सय दिनभित्रै सुरु गर्ने भएको छ । आफ्नो वाचापत्रमै सहकारी पीडितको रकम एक सय दिनमा फिर्ता गर्ने विषय समेटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले पहिलो कार्यसूचीमै यसलाई समेटेको हो ।
सहकारी पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया आगामी १०० दिनभित्रै सुरु गर्ने घोषणा सरकारले गरेको हो । विशेषगरी ‘साना बचतकर्ता’हरूको बचत फिर्तालाई प्राथमिकतामा शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमा यसलाई समेटिएको हो ।
लामो समयदेखि सहकारीमा जम्मा गरेको रकम नपाएर पीडित बनेका नागरिकहरूलाई न्याय दिन यो समयसीमा तोकेर जाने वाचापत्रमा जनाइएको थियो । रास्वपाका आलोचकहरुले यसलाई चुनावी नारा भनेका थिए ।
रास्वपा सभापति रवि लामिछानेलाई यसअघिको सरकारले सहकारी ठगी सम्बन्धी मुद्दा लगाएको छ ।















