२०८२ जेष्ठ ८ गते बिहिवार

राजकुमारी राना छोरासहित सम्पर्कबिहिन,खोजिका लागि सहयोग गरिदिन परिवारको अपिल


दाङ । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ३ धुलखर्क निवासी ३० वर्षिय राजकुमारी राना (बिमला) सम्पर्क बिहिन हुनुभएको छ । भारतको सोलनमा बस्दै आएकी बिमला ५ वर्षको छोरासहित गत मंसिरदेखि सम्पर्कबिहिन भएको परिवारले जनाएको छ ।

गत मंसिरमा सल्यान घरमा रहेका छोरीसंग कुराकानी गरेकी बिमला सम्पर्क बिहिन भएको उहाँको अमाजु दिदी निर्मला भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरमा तीन छोरी हजुरआमासंग बस्दै आएका छन् । बिमला लामोसम्म सम्पर्कबिहिन भएपछि परिवार चिन्तामा परेको छ । परिवारले बिमलाको खोजिका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।

बुहारी जहाँ भएपनि सम्पर्कमा आउन सासु हजारी रानाले आग्रह गनुभएको छ । बुहारी बिहे गरेर गएको भएपनि अन्यथा नलिने तर सम्पर्कमा आउन अमाजुदिदी निर्मलाले आग्रह गर्नुभएको छ । बिमलालाई भेट्ने जो कोहीले पनि मोबाइल नम्बर ९८४७८१३३१७ मा सम्पर्क गरिदिन सबैसम्म अनुरोध गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस