दाङ । दाङमा ससुराको हत्या गरी फरार रहेका एक व्यक्ति २० वर्षपछी पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ बरुवागाउँका अन्दाजी ४२ को बिर बहादुर गुरुङलाई २० वर्षपछी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गुरुङले २०६२ साल साउन १४ गते राति करिब ८ बजे तिर ससुरा कासीराम विकलाई कुटपिट गरी हत्या गरेका थिए । मृतक विक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ अश्वारा स्थायी घर भई वडा नंम्बर ५ नयाँ बसपार्कमा तरकारी पसल सञ्चालन गर्दै बस्दै आएका थिए ।
मृतक कासीराम र कासीरामको कान्छी श्रीमती शोभा बिक खाना खाने क्रममा एक आपसमा झगडा भई बादबिबाद भएपछी सोही घरमा पाहुना गएका तुलसीपुर–१२ पुकार पसल घर भई तुलसीपुर–६ बरुवागाँउ कोठामा भाँडामा बस्ने ४२ वर्षका गुरुङले मादक पदार्थ सेबन गरेको तालमा ससुरा कासीरामलाई सम्झाउदा बिबाद भए पश्चात खुट्टाले र हातले हिर्काउँदा भुइमा लडी कासीरामको घटनास्थलमा नै मृत्यु भएको थियो ।
हत्या पश्चात फरार रहेका गुरुङ लुकिछिपी भारतमा बस्दै आएका थिए । हाल तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १२ टरिगाँउमा लुकि छिपि बस्दै आएको भन्ने गोप्य सुचनाको आधारमा वैशाख १२ गते १ बजेतिर पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।

पक्राउ परेका गुरुङमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














