२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुर नगर जेसीजले खुवायो सातु र सर्वत

दाङ । अक्षय तृतीयाको अवसरमा तुलसीपुर नगर जेसीजले मानव सेवा आश्रममा आश्रित मानवलाई सातु र सर्वत खुवाइएको छ ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता एवं मानव सेवा आश्रम तुलसीपुरका संयोजक हिरु जोशीको प्रमुख अतिथ्यतामा सातु र सर्वत खुवाउने कार्यक्रम भएको हो ।

वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचिन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाउदै आएकोमा मानव सेवा आश्रममा बस्ने मानिसहरुलाई आज सातु र सर्वत प्रदान गरेको अध्यक्ष सन्दीप भुषालले बताउनुभयो ।

उहाँले जेसिजको अभियानमा जुस सौजन्य गर्ने सहुलियत रेष्टुरेन्ट एण्ड जुस बारलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो । मानब सेवा आश्रम तुलसीपुरका संयोजक हिरु जोसीले सातु शरीरको स्वास्थ्यको लागि उपयोगी रहेको र मानव सेवामा बसेका मानिसहरूलाई आजको बिशेष दिनमा सातु खुवाएकोमा तुलसीपुर नगर जेसिजलाइ धन्यवाद व्यक्त गर्नुभयो ।

जेसिज आस्था पाठ कमल प्रकास शर्माले पढ्नुभएको थियो भने तुफान सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धि सापकोटाले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस