२०८२ माघ ८ गते बिहिवार

पौडेल वंश महासङ्घ दाङको घुम्ती बैठक राप्तीमा

दाङ–पौडेल वंश महासङ्घ नेपाल दाङको घुम्ती बैठक राप्ती गाउँपालिकामा सम्पन्न भएको छ।

महासंघकाे शनिबार सम्पन्न बैठकले आगामी मंसिर सम्म दाङका १० वटा पालिकामा रहेका पौडेलहरूको तथ्याङ्क संकलन गर्ने निर्णय गरेको संघका अध्यक्ष कालिका प्रसाद पौडेलले जानकारी दिनुभयो। यस्तै वंशावली सङ्कलन तथा पूजा विधिका बारेमा समेत सबै पालिकाबाट विवरण उपलब्ध गराउन निर्देशन गरिएको छ।

राप्ती गाउँपालिका-२ लालमटियामा संघका अध्यक्ष कालिकाप्रसाद पौडेलको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार सदस्य गिता पाैडेलकाे प्रमुख अतिथितामा बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकमा पौडेल वंश महासङ्घ दाङको कार्यालय तुलसीपुरमा स्थापना गरिएको जानकारी गराइएको छ।

जिल्ला सदस्य रामप्रसाद पौडेलले कार्यालय सञ्चालनका लागि निःशुल्क कोठा उपलब्ध गराएकोमा बैठकले धन्यवाद ज्ञापन समेत गरेको छ। संघले पौडेल बन्धुहरू बीचको मित्रभाव तथा भेटघाट अभियान अन्तर्गत दाङका १० वटै पालिकामा घुम्ती बैठक आयोजना गर्ने जनाएको छ।

बैठकमा जिल्ला पदाधिकारी सहित अन्य पालिकाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। आगामी घुम्ती बैठक असार २१ गते बबई गाउँपालिकाको हापुरेमा सञ्चालन गरिने सचिव डिल्ली पौडेलले जानकारी दिनुभयो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस