२०८२ माघ २५ गते आइतवार

नेपाल लाइफको वार्षिकोत्सवमा शैक्षिक सामग्रि वितरण


दाङ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तुलसीपुर शाखाले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।

शाखाले तुलसीपुर उपमहानगरपालिका–७ मा रहेका दुई विद्यालयका ५५ जना विपन्न विद्यार्थीलाई झोला र कापी वितरण गरेको हो । बालकल्याण प्रावि डाँडापातुका १५ जना र कालाखोला माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई सामग्री वितरण गरिएको शाखा प्रमुख बसन्त पोख्रेलले जानकारी दिनुभयो ।

शाखा प्रमुख पोख्रेलको अध्यक्षता तथा वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एजेन्सी म्यानेजर मधुमाया केसी गिरीले यस्ता कार्यक्रमले बीमा कम्पनीप्रति जनताको विश्वास बढाउने बताउनुभयो । प्रमुख अतिथि वडा अध्यक्ष जिसीले कम्पनीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य शोभाराम भण्डारी, समाजसेवी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक तथा दुबै विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसी र राजीव ओझासहितका व्यक्तित्वहरूको उपस्थिति थियो । सहभागीहरुले शैक्षिक सामग्री वितरणले केही हदसम्म भए पनि छात्र–छात्रालाई अध्ययनमा टेवा पुर्‍याउने बताउनुभयो ।

त्यस अवसरमा कार्यालयमा आउने पहिलो ग्राहक र पहिलो बीमा लेख जारी गर्ने अभिकर्ता क्षेत्र देवकोटालाई टीका, खादा र आकर्षक पुरस्कारले सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण शाखाका कर्मचारी किशोर अर्यालले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस