
दाङ । देशका पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी एक/दुई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्न सक्छ । यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ ।
तराई/मधेसका क्षेत्रमा गर्मी बढेको छ । हिजो दाङको उच्चतम तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि उच्चतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म रहनसक्ने अनुमान छ ।
आज हिमाली केही क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।