२०८२ मङ्सिर ३ गते बुधवार

तुलसीपुरमा सात वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा १६ वर्षीय किशोर पक्राउ

दाङ, ३० वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–४ हलवारमा एक ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार (वैशाख २७ गते) दिउँसो करिब १ बजेतिर पीडित बालिका खेल्न गएको बेला आरोपित किशोरले ‘चाउचाउ खुवाउँछु’ भन्दै ललाई फकाई आफ्नै घरको कोठामा लगी जबरजस्ती करणी गरेको पीडितकी आमाले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार आमाको जाहेरीका आधारमा प्रहरीले आरोपित किशोरलाई सोमबार (वैशाख २९ गते) निजकै घरबाट पक्राउ गरेको हो ।

हाल दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमतिसहित घटनाको थप अनुसन्धान भइरहेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिनुका साथै मनोवैज्ञानिक सघाउको व्यवस्था मिलाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस