२०८२ मङ्सिर २७ गते शनिवार

दाङमा श्रीमतीको चिर्पटको प्रहारबाट श्रीमानको मृत्यु


दाङ। दाङमा श्रीमतीको चिर्पटको प्रहारबाट श्रीमानको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ७ हल्दीकी ५० वर्षिय संगीता सुनारी मगरले ६५ वर्षिय श्रीमान पुनाराम सुनारी मगरलाई चिर्पट प्रहार गर्दा मृत्यु भएको हो ।

प्रहरी चौकी हाँसीपुरका अनुसार मंगलबार चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको हो । हत्या आरोपमा प्रहरीले संगितालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस