
दाङ । दाङ उपत्यकासहित देशका अधिकांश भूभागमा आज पनि मौसममा बदली देखिएको छ । पूर्वका क्षेत्रमा ठुलो पानी परेपनि पश्चिम नेपालका केहि ठाउँमा मात्रै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । आज दाङ उपत्यकाको तापक्रम ३३–३६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको छ । तराईका केही ठाउँको तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।