२०८३ जेष्ठ १६ गते शनिवार

तुलसीपुरका केहि नागरिक अझै पनि सडक र बत्तीको पर्खाइमै

दाङ। तुलसीपुरका केहि नागरिक अझै पनि सडक र बत्तीको पर्खाइमै छन् । तुलसीपुर उपमहानगरपालिकाका केहि ठाउँमा अझै पनि सडक तथा बत्तिको पहुँच पुग्न नसकेको हो ।

तुलसीपुर उपमहानगरपालिका–१ का अविधारा, शिवशक्ति र झरना टोलका बासिन्दा अझै पनि भरपर्दो सडक र बिजुली बत्तीको पर्खाइमै छन् ।

वर्षामा हिलाम्य सडकले एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था बनाउँछ भने, पहिरो र बाढीका कारण बाटो पनि बारम्बार अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । टोलका अध्यक्षहरुका अनुसार ग्राभेलसम्म नहुँदा सवारी सञ्चालनमा कठिनाइ भइरहेको छ ।

त्यस्तै, विद्युत विस्तारका लागि पोल त गाडिए पनि तार तान्न बाँकी छ। चार वर्षअघि अजिमारासम्म पुगेको बत्ती अझै माथिका गाउँमा पुगेको छैन ।

अविधारा टोलका अध्यक्ष खिमबहादुर रासकोटीले सोलारबाट टावर चलाउने भए पनि वर्षामा चार्ज नहुँदा सञ्चारसमेत बन्द हुने गरेको बताउनुभयो ।

वडाध्यक्ष हुमकान्त सापकोटाले भने सडकमा आरसिसी गर्न डिपिआर बनेको र विद्युत विस्तारको प्रक्रियासमेत अगाडि बढिरहेको जानकारी दिनुभयो । वस्ती थोरै, भूगोल धेरै भएका कारण खर्च बढी लागे पनि काम गर्न प्रयास भइरहेको उहाँको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस