तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१२ दक्षिण कपडादेका ६८ वर्षीय बलिराम चौधरी दुई दिन देखि सम्पर्कविहीन हुनुभएको छ ।
हिजो बिहान ८ बजेको कृषि क्याम्पसको सिसी क्यामरामा हाप ट्रयाक लगाई उत्तर आएको देखिएको पारिवारीक स्रोतले बताएको छ । तर त्यसपछि हालसम्म उहाँ सम्पर्कमा नआएको बताइएको छ ।
बलिरामलाई देख्नुभएका वा जानकारी हुने जो कोही महानुभावले नजिकैको प्रहरी चौकी वा परिवारको सम्पर्क नम्बर ९८४७८५३०९४ र ९७४५६४५२५६ मा खबर गरिदिन आग्रह गरेका छन् ।














