२०८२ मङ्सिर २७ गते शनिवार

स्रोत नखुलेको पाँच लाख भारतीय रकमसहित दुई जना पक्राउ

बाँके । बाँकेको भन्सार नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रकमसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिकाको पुरन्धाराका २६ वर्षीया साइना नेपाली र भारतको लखनऊ उत्तर प्रदेशका ४० वर्षीय निरज चौरसिया रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताउनुभयो ।

उनीहरूलाई छिमेकी देश भारतको रूपैडिहा बाट नेपाल आइरहेका बेला जेठ १४ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट प्रहरीले सवारी चेकजाँचका क्रममा पक्राउ गरेको थियो । उनीहरूको साथबाट भारतीय रुपैयाँ ५ सयदरको नोट ६ सय र २ सयदरको नोट एक हजार थान बरामद भएको डिएसपी पतालीले बताउनुभयो

भारतको लखनऊका ४० वर्षीय निरज चौरसिया पनि पक्राउ परेका छन् । चौरसियाले चलाएको यूपी ३२ एलबी ६३८९ नम्बरको गाडी चेकका क्रममा स्रोत नखुलेको भारतीय रकम बरामद भएका प्रहरीले जनाएको छ ।

दुबै जनालाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस