२०८२ फाल्गुन २६ गते मङ्गलवार

रोल्पामा शुद्ध शान्तिमा खाना खाँदा एक सय बढी बिरामी


रोल्पा, १८ जेठ । रोल्पामा शुद्ध शान्तिमा खाना खाँदा एकै गाउँका एक सय जना भन्दा बढी बिरामी परेका छन् । उनिहरुमा बान्ता हुने र झाडापखालको समस्या देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी विजय चापागाईंले जानकारी दिनुभयो ।

रोल्पा नगरपालिका–३ चौरपानीमा स्थानीय तिल प्रसाद रोकाको घरमा ठुलाबुवा स्व.चित्रबहादुर रोकाको १३ औं पुण्यतिथिमा पुरी, तरकारी खाएका करिब १५० जनामध्ये ११० जनामा एक्कासि बान्ता र पखालाको लक्षण देखिएको हो ।

उहाँका अनुसार हालसम्म बिरामीमध्ये ९५ जना उपचारपछि घर फर्किसकेका छन् भने १५ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये खुमेल प्राथमिक स्वास्थ्य केन्द्रमा ७ जनाको अवस्था सामान्य रहेको छ । यस्तै रेउघा अस्पतालमा उपचार गराइरहेका ८ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर ३ चौरपानीका १५ वर्षिय बम बहादुर थापाको अवस्था गम्भिर रहेको छ । यस्तै सोही ठाँउकी रामसरी सुनार, ३५ वर्षिय मनिकला थापा, ५० वर्षिय अमु घर्ती, ७ वर्षिय चन्द्रमा घर्ती, ३० वर्षिय हेमा थापा, ६० वर्षिय हिरा बिक र ६५ वर्षकी गायत्री पुन मगरको अवस्था गम्भिर रहेको छ । बिरामीमा बान्ता हुने, पखाला लाग्ने समस्या देखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस