काठमाडौं । उत्तरी भारतमा लगातारको २४ घण्टाको बाढीका कारण गएको पहिरोका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित थिए । आसामका कुल ९ जनाको मृत्यु भएको छ । त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ । पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ ।
गुहाजटप र तेजपुरमा अहिलेसम्मकै धेरै पानी परेको जनाइएको छ । अरुणाञ्चलमा कार पहिरोमा चिप्लिएपछि दुई परिवारका गरेर सात जनाको मृत्यु भएको छ । मेघालयमा तीन बालबालिका सहित सात जनाको मृत्यु भएको छ । संसारकै सबै भन्दा धेरै पानी चेरापुन्जीमा लगातार वर्षा भइरहेको छ ।
नागाल्यान्डमा बाटोमा ढुङ्गा खस्दा यात्रामा रहेका एक युवाको मृत्यु भएको छ । मिजोरोममा पनि २४ घण्टाको अन्तरालमा सात जनाको मृत्यु भएको छ ।










