२०८२ मङ्सिर ३ गते बुधवार

मानव सेवा आश्रम तुलसीपुरको भवन निमार्णको लागि भुमि पुजन

तुलसीपुर । मानव सेवा आश्रम तुलसीपुरको भवन निमार्णको लागि भुमि पुजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ र ७ को सिमानामा पर्ने कालिका मालिका मन्दिर परिसरमा आज भुमि पुजन गरिएको हो ।

भवन निमार्णको भुमि पुजन तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले गर्नु भएको हो । भवन निमार्ण सहयोगार्थका लागि २०८० माघ १३ गतेदेखि २० सम्म अरनिको मैदान तुलसीपुरमा ज्ञान विज्ञान महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञबाट ५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैया प्रतिवद्धता सहितको रकम संकलन भएको थियो । महायज्ञ सञ्चालन भएको डेढ वर्षपछि (आइतबार) आजदेखि भवन निमार्णको काम सुरु भएको हो । मानव सेवा आश्रम दाङले १ विगाह २।५ कठ्ठा जग्गामा भौतिक संरचना निर्माण गर्न लागेको हो ।

त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्का सहित दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तीनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसी, ४ नम्बरका अध्यक्ष तुलसी थापाको सहभागिता रहेको थियो ।

यसैगरी दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, पत्रकार, सुरक्षाकर्मी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

मानव सेवा आश्रम हाल तुलसीपुर–६ गाइडहरमा घर भाडामा लिएर आश्रम सञ्चालन गरिरहेको छ । भवन निर्माणपछि आफ्नै भवनमा स्थानान्तर हुने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस