२०८२ साउन १ गते बिहिवार

तुलसीपुरमा बुलेट मोटरसाइकलमा आएका युवाले रड प्रहार गर्दा एक जना गम्भिर घाइते


दाङ। दाङको तुलसीपुरमा रड प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार अपरिचित व्यक्तिको रड प्रहारबाट तुलसीपुर–५ (ग) लाइन निवासी ५३ बर्षीय अर्जुन गौतम घाइते हुनुभएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार तुलसीपुरको जेसिज चोक नजिकै उभिरहेको अवस्थामा गएराती सवा ११ बजेको समयमा नम्बर नखुलेको बुलेट मोटरसाइकलमा आएका युवाले एक्कासी उहाँमाथी रड प्रहार गरेका हुन् ।

रड प्रहारबाट गम्भिर घाइते भएका गौतमलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी भैरहवा रिफर गरिएको छ । रड प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अनुहार र नाकमा गहिरो चोट लागेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस