२०८२ मङ्सिर २२ गते सोमवार

लागु औषधसहित एक यवती पक्राउ

तुलसीपुर । तुलसीपुर लागु औषधसहित एक यवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–४ घोरनेटीका २१ वर्षिया प्रतिभा विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ परेका विश्वकर्माको साथबाट ३ पुडिया ब्राउन सुगर जस्तो देखिने पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा २ सय ६० लिमिग्राम धुलो पदार्थ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा विश्वकर्मालाई आज बिहान ११ तुलसीपुर–७ शिवनगर टोलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।

पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस