२०८२ पुष २९ गते मङ्गलवार

महिलाहरुलाई मनोविमर्श सम्बन्धि सचेतना प्रदान

दाङ । तुलसीपुर उपमहानगरपालिका– १३ मा महिलाहरुलाई मनोविमर्श सम्बन्धि सचेतना प्रदान गरिएको छ । कार्यक्रममा महिलाहरुलाई मनोविमर्श भनेको के हो? मनोसामाजिक समस्या, मनोसामाजिक समस्या हुनुको कारण, यस्का लक्ष्यण, समाधानका उपाय लगायका बिषयमा प्रशिक्षण गराइएको हो ।

कार्यक्रमा वरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकालले मानिसले कुनै पनि कुरा, काम, दुख पिडाको सामना गर्न सके सहज रुपमा जिन्दगी जिउन सकिने बताउनुभयो ।

उहाँले जस्ले मनमा धेरै कुरा सोच्ने, दुख पिडालाई सम्झिने, मनमा कुरा खेलाउले बानीले मानसिक समस्या हुने बताउनुभयो । यस्ता समस्यालाई भुल्न खुशीका पल सम्झिने, आफुलाई काममा ब्यस्त बनाउन सके खुशीसंग बाच्न सकिने उहाँको भनाई छ ।

मानिसले जीवनमा धेरै संघर्ष गर्नुपर्ने भन्दै आइपर्ने समस्यालाई सहज रुपमा सकारात्मक तरिकाले लिनुपर्ने बताउनुभयो ।

यस्तै मनोविमर्शकर्ता निर्मला चौधरीले आफुसंग भएका समस्या आफैसंग गुम्साएर राख्नु भन्दा साथीहरू, घरपरिवारलाई भनेपछि यसबाट सहयोग पुग्ने बताउनुभयो ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष मोहनलाल पौडेलले जनतासंग स्थानीय सरकार रहेको भन्दै जनता समस्यालाई समाधान गर्न सधै तत्पर रहेको बताउनुभयो ।

यस्तै वडा सदस्य बेलमती परियार, बिमला शर्माले महिलाहरुका समस्या सुन्न समाधान गर्न नै महिला वडा सदस्य वडामा रहेको भन्दै समस्या लुकाउने भन्दा पनि सल्लाह गरेर समाधानको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीका सुचना अधिकारी आरके शितलको अध्यक्षता तथा वडा नम्बर १३ अध्यक्ष पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको आयोजना तथा तुलसीपुर १३ को सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण मनोविमर्शकर्ता कबिता शर्माले गर्नु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस