तुलसीपुर । दाङको तुलसीपुरमा कफी बनाउने तालिम सुरु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना तथा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना को प्राविधिक सहयोगमा कफि मेकर (बारिस्ता) तालिम तुलसीपुरमा सुरु भएको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यमा भएको तामिल उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी रिजालले सिप विकासमार्फत रोजगारीका अवसर सृजना गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसे, परियोजनाका प्राविधिक संयोजक राज कुमार सोतीमगर लगाएतकाले बोलेका थिए । कार्यक्रममा अध्यक्ष केसीले २० जना सहभागीलाई सिपमुलक कार्यमा संलग्न गराउने तालिमको लक्ष्य रहेको जानकारी दिनुभयो ।
उक्त तालिम होटल वेस्टर्न प्यालेस प्रा.लि., तुलसीपुर उपमहानगरपालिका–६, घोराही रोडमा सञ्चालन भइरहेको छ । तालिम जेठ २१ गतेदेखि सुरु भई असार १३ गतेसम्म चल्नेछ ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशकुमार राजभण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गर्नुभएको हो ।















