२०८२ फाल्गुन २ गते शनिवार

बलात्कार अभियोगमा दोषी ठहर भएका खत्रिलाई ७ वर्ष कैद सजाय

दाङ । १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दाङ जिल्ला अदालतले दंगीशरण गाउँपालिका–५ का २७ वर्षीय हिमराज खत्री (हेमराज केसी) लाई ७ वर्ष कैदको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश तेजनारायण पौडेलको एकल इजलासले केसीलाई सात वर्ष कैदसहित तीन लाख रुपैयाँ जरिवाना, ४० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति र एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

पीडित पक्षले २०८१ साल असार २९ गते राति बलात्कार भएको दाबी गर्दै भोलिपल्ट असार ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएका थिए । सोही दिन प्रहरीले आरोपी केसीलाई पक्राउ गरी साउन २१ गते जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस