
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा लागु औषध दुर्व्यसनि सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । मानविय सहायता नेपाल र तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १३ को साझेदारीमा टोलबिकासका लागि लागु औषध सम्बन्धी एक दिने सचेतना कार्यक्रम कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुले लागु औषध दुर्व्यसन समाजमा भुसको आगो झैँ फैलिएको भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले लागु औषधको असर युवामा बढी देखिएको उल्लेख गर्दै उनीहरूलाई सचेत बनाउनु आवश्यक रहेको बताउनुभयो । साथै वडाका विविध गतिविधिबारे जानकारी दिँदै पौडेलले करिब तीन कठ्ठा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरिएको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा वडा सचिव बर्णबहादुर हमालले वडाका योजना तथा प्रशासनिक प्रगातिका बारेमा जानकारी गराउनु भएको थियो । मानविय सहायता नेपालका सरस्वती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक भरतनाथ योगीले लागु औषधका प्रकार, असर र रोकथामका उपायबारे सचेतना दिनुभएको थियो ।
संस्थाका अर्चना शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूसहित ५० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।