२०८२ असार ६ गते शुक्रवार

दाङमा लागुऔषध सहित तीन जना पक्राउ


दाङ । दाङमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध बिक्रि गर्ने गढवा गाँउपालिका–६ प्रगतिनगरका २२ वर्षका लक्ष्मण विष्ट, खरीद गर्ने गढवा गाँउपालिका–४ का अन्दाजी ३९ वर्षका भन्साराम यादव र गढवा गाँउपालिका–६ धानदेउखुरीका अन्दाजी ३७ वर्षका सदान मनिहार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गढवा गाँउपालिका–५ ठुलीचौर स्थित कोइलासदेखि गढवा तर्फ आँउदै गरेको लु ९६ प ८८९३ नम्बरको मोटरसाइकलमा आएका विष्टको शरीर खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

उक्त लागुपदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित ८ ग्राम ८३० मिलिग्राम र प्लाष्टिक हटाइ तौल गर्दा ६ ग्राम ४६० मिलिग्राम लागुऔषध फेला परेको शाहले बताउनुभयो । सोही स्थानमा खरीद गर्न आएका मनिहार र यादवलाई पक्राउ गरीएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस