रुकुमपूर्व । रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । आज सोमबार बिहान सवा ६ बजेतिर सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
उक्त जङ्गलमा बन्दुक लुकाई–छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले खोजी कार्य गर्ने क्रममा बन्दुक फेला पारेको जिल्ला प्रहरीका कार्यालय रुकुमपूर्वका प्रवक्ता एवम् प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।
बन्दुक कसले छाडेको हो भन्ने बारे खुल्न नसकेको प्रवक्ता विकले बताउनुभयो । जङ्गलमा अवैध रूपमा भेटिएको भरुवा बन्दुक कसले लुकाएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












