२०८२ साउन १ गते बिहिवार

जिर्ण घरमा बस्दै आएका चौधरी परिवारलाई समाजसेवी उपेन्द्र र रविनको सहयोग

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, भरतपुरमा बसोबास गर्दै आएका विष्णु चौधरी र उनकी पत्नी लामो समयदेखि निकै कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।

उनीहरूको घर अत्यन्तै जिर्ण अवस्थामा छ । छानाको व्यवस्था नभएकाले वर्षात्को मौसममा वर्षाको पानी सिधै घरभित्र पर्थ्यो । त्यसमाथि सुत्ने उचित ठाउँसमेत नरहेकाले उनीहरू दैनिक जीवन अत्यन्त कठिन परिस्थितिमा गुजारीरहेका थिए ।

चौधरी दम्पतीको यो दुःखद अवस्था देखेर समाजसेवीहरू रबिन ज्ञवाली र उपेन्द्र पौडेलले सहृदयता देखाउनुभएको छ ।

घोराही–१५ का समाजसेवी रबिन ज्ञवाली र तुलसीपुर–७ जितपुरका उपेन्द्र पौडेलले आपसी सहकार्यमा चौधरी दम्पतीको घरको छानामा टिन लगाइदिएका छन् । जसका कारण अहिले चौधरी परिवार कम्तीमा वर्षात्को समयमा सुरक्षित बस्न पाएका छन्।

समाजसेवी ज्ञवाली र पौडेलले विष्णु चौधरीको पीडा देखेर तत्काल आवश्यक सहयोग गरेका भए पनि दीर्घकालीन रूपमा जीवनस्तर सुधारका लागि स्थानिय सरकारसँग पहल गर्न आग्रह समेत गरिएको छ ।

उनीहरूले स्थानीय सरकार र सम्बन्धित निकायलाई चौधरी परिवारको स्थायी पुनःस्थापना तथा आयआर्जनको अवसर सिर्जना गर्न अनुरोध गरेका छन् ।

यसरी समाजसेवीद्वयको सक्रियतामा असहाय अवस्थाबाट केही राहत पाए पनि चौधरी परिवारका समस्या समाधान गर्न अझ दीर्घकालीन पहल आवश्यक देखिएको हो ।

स्थानीय सरकार तथा विभिन्न संघ–संस्थाले यस्ता विपन्न परिवारको पहिचान गरी दीर्घकालीन योजना निर्माण गर्न सकेमा मात्रै यस्ता समस्याहरू समाधानतर्फ उन्मुख हुन सक्ने समाजसेवी पौडेल र ज्ञवालीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस