२०८२ चैत्र १ गते आइतवार

दाङमा अवैध हातहतियारसहित एक जना पक्राउ

दाङ । दाङमा अवैध हातहतियारसहित एक जना पक्राउ परेका छन् । बङ्लाचुली गाउँपालिका–३ लेखटापाका ४४ वर्षीय लुम बहादुर रावतलाई अवैध हातहतियार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ति मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतलाई जेठ २९ गते साँझ ६ बजेतिर पक्राउ गरेको हो । रावतको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला ज्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ परेका रावतलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको शाहले जानकारी दिनुभयो । पक्राउ परेका माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस