२०८२ चैत्र १ गते आइतवार

कृषकहरुलाई मल प्रयोग सम्बन्धी तालिम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१६ फचकलुवामा रहेको पिपल चौतारी कृषि सहकारी संस्था लिमिटेडले कृषकहरूलाई मलको प्रयोग सम्बन्धी तालिम दिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन घोराही शाखाका प्रमुख राम बाबु प्रसाद गुप्ताले तालिममा कृषकहरूलाई मल प्रयोगका विधि, यसको फाइदा र बेफाइदाका विषयमा प्रशिक्षण दिनुभयो । उहाँले सही तरिकाले मलको प्रयोग गरेमा बाली उत्पादनमा वृद्धि हुने बताउनुभयो । अनावश्यक वा गलत तरिकाले मल प्रयोग गर्दा जमिनको उपजनि क्षमता घट्ने र वातावरणमा पनि असर पर्ने हुनाले सचेत हुनुपर्ने कुरा किसानहरुलाई सिकाउनुभएको हो ।

संस्थाका अध्यक्ष अमर बहादुर खड्काको अध्यक्षता तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन घोराही शाखा प्रमुख राम बाबु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रम सम्पन्न भएको हा । कार्यक्रममा दुईसय जना कृषकहरुको सहभागिता रहेको थियो ।

संस्थाका सदस्य विष्णु बहादुर ओलीकोे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव यज्ञमुर्ति गौतमले गर्नुभएको सहकर्मी घनश्याम ओलीले जानकारी दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस