तुलसीपुर । तुलसीपुरमा घरमा पार्किङ गरी राखेको साइकल चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका– १० राईखलियानका पत्रकार मनोज कुमार आचार्यको घरमा पार्किङ गरी राखेको साइकल शुक्रबार राति चोरी भएको हो ।
सिसिटिभि फुटेजमा दुईजनाको समुहमा आएका व्यक्तिले शुक्रबार राति १२ बजेर १७ मिनेटमा पर्खाल भित्र प्रवेश गरेको र १२ बजेर २० मिनेटमा चोरी गरेर घरदेखि उत्तरतिर लगेको देखिएको छ ।

घटना शुक्रबार रातिको भएपनि घरधनि र साइकलधनीलाई शनिबार राति ८ बजेतिर मात्र थाहा भएको घरधनी आचार्यले बताउनुभयो । चोरी भएको थाहा पाएपछि सिसिटिभि फुजेट हेरेको उहाँले जानकारी दिनुभयो ।
आचार्यको घरमा भाडामा बस्दै आएका सल्यानको छत्रेश्वरी गाउँपालिकामा कार्यरत पशु शाखा अधिकृत राम बहादुर केसीकोे गेयरवाला साईकल चोरी भएको घरधनी आचार्यले जानकारी दिनुभयो ।
घरमा संगै पार्किङ गरी राखेको अरु दुईओटा मोटरसाइकल र अरु तिनओटा साइकल रहेकोमा गेयरवाला साइकल चोरी भएको सिसि टिभि फुटेजमा देखिएको छ ।










