२०८२ मङ्सिर ३ गते बुधवार

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् । छत्रदेव गाउँपालिका–३ का ३८ वर्षीय रामु कुमालको हत्या आरोपमा मृतकका श्रीमती २७ वर्षीया मेखमाया कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

गएकराति श्रीमान सुतिरहेको ठाउँमा धारीलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका इन्स्पेक्टर झलक शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरूको व्यक्तिगत कुराकानीको विषयमा झगडा भएकाले धारिलो हतियार प्रहार गरेको बुझिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस