२०८२ असार २४ गते मङ्गलवार

स्थानीय सरकारले आज बजेट ल्याउँदै


दाङ। आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।

संवैधानिक प्रावधान अनुसार असार १० गते भित्र बजेट ल्याउनु पर्ने भएकाले स्थानीय निकायले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि आज स्थानीय तहले आय व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

सात सय ५३ मध्ये केहि स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस