दाङ । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका दाङका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
हिजो बुधबार राप्ती गाउँपालिका–४ का ५२ वर्षीय उमेशकुमार चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला अदालत दाङले २०८१ मंसिर ७ गते उनलाई दुई वर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसयता चौधरी फरार रहेका थिए ।
चौधरीलाई घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक ऐरीले जानकारी दिनुभयो ।
पक्राउ परेका चौधरीलाई अदालतमा पेश गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।














