२०८२ साउन १ गते बिहिवार

दाङमा बाघको छालासहित तीन जना पक्राउ


दाङ । दाङमा बाघको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराती गढवा गाउँपालिका–६ खबरी गाउँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा दाङको राजपुर गाउँपालिका–१ गुरुङखोलाका ५३ वर्षिय केशबराज सेन ठकुरी, गढवा गाउँपालिका–६ खबरीका ४१ वर्षिय बिक्रम बुढामगर र बर्दियाको बारबर्दिया नगरपालिका–४ पंदनाहका ३३ वर्षिय अनिल थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ परेकाको साथबाट शिरदेखि पुच्छरसम्मको ९ फिट २ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाई भएको पाटे बाघको छाला बरामद गरिएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस