२०८२ माघ ५ गते सोमवार

नाला निर्माणमा ढिलाइ भएपछि नागरिकले बुझाए नगरप्रमुखलाई स्मरणपत्र

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ अरनिको टोल र पशुपति टोल विकास संस्थाका स्थानीय बासिन्दाले नगरप्रमुख टिकाराम खड्कालाई नाला निर्माणमा भएको ढिलाइप्रति गुनासो गर्दै स्मरणपत्र बुझाएका छन् ।

वैशाख महिनामा नाला निर्माणका लागि सडक खन्ने काम सुरु गरिएको भए पनि अझैसम्म निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयवासी हैरान भएका छन् । नाला निर्माणको लागि खनेको माटो सडकमै थुपारिएकाले दैनिक आवतजावतमा समस्या भएको भन्दै टोलवासीहरुले नगरपालिकामा गएर नगर प्रमुख खड्कालाई स्मरणपत्र बुझाएका हुन् ।

वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे हुँदा नागरिकहरुलाई आवतजावत गर्न समस्या भएको पशुपति टोल विकास संस्थाका अध्यक्ष लिलाधर भुसालले बताउनुभयो । अरनिको टोल विकास संस्थाका उपाध्यक्ष नारायण भण्डारीले नाला निर्माणका लागि बाटो खन्दा खानेपानिको पाइप काटिएको बताउनुभयो । खानेपालिको पाइप काटिएकाले नागरिहरुलाई खानेपानिको समस्या भएको उहाँको भनाई छ ।

उक्त नाला निर्माणका लागि नगरस्तरीय बजेटबाट ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो । गाइडह अरनिको टोल भवनदेखि पशुपति टोलको भूँयारथानसम्म नाला निर्माणको योजना रहेको भए पनि काम अघि नबढेको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । स्मरणपत्रमा जति सक्दो चाँडो निर्माण कार्य थाल्न माग गरिएको छ । पालिकामा पशुपति टोल विकास संस्थाका सचिव बिशाल चौधरी सहित टोल बासीहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख खड्काले जतिसक्दो छिटो नागरिकहरुको समस्यालाई समाधान गर्न तिर लाग्ने बताउनुभयो । उहाँले ठेकेदारलाई भोलीबाटै काममा लगाउने आश्वासन दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस