२०८२ माघ २५ गते आइतवार

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ सकियो

दाङ । लुम्बिनी प्रदेशमा ५२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार धान रोपाइँ हुने कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा सबैभन्दा धेरै प्यूठानमा ८२ प्रतिशत रोपाइँ सकिएको छ । तराईका जिल्लामध्ये सबैभन्दा धेरै पश्चिम नवलपरासीमा धान रोपाइँ ९० प्रतिशत सम्पन्न भएको छ । २० हजार ४८० हेक्टर क्षेत्रमध्ये १८ हजार ४३२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । पहाडी जिल्लामा सबैभन्दा धेरै प्यूठानमा ८६ प्रतिशत सम्पन्न भएको छ । ६ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ६१२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

दाङमा धान रोपाइँ हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ७५१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । बर्दियामा ५९ प्रतिशत रोपाइँ सकिएको छ । बर्दियामा ५० हजार १५० हेक्टर क्षेत्रफलमध्ये २९ हजार ५८९ हेक्टरमा क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

बाँकेमा धान उत्पादन हुने ३४ हजार ७११ हेक्टर क्षेत्रफल मध्ये १५ हजार ६२० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । बाँकेमा ४५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने गुल्मीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ७ हजार ५३९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । अहिलेसम्म ४ हजार १३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस