२०८२ मङ्सिर २७ गते शनिवार

जन्मदिनको अवसरमा ‘ह्वीलचियर’ सहयोग

दाङ, २७ असार । समाजसेवी केशवराज सापकोटाले जन्मदिनको अवसरमा अपांगता भएका एक व्यक्तिलाई ‘ह्वीलचियर’ सहयोग गर्नुभएको छ ।

तुलसीपुर–८ निवासी सापकोटाले आफ्नो जन्मदिन र छोरा तुफान सापकोटाको वैवाहिक वर्षगाँठको अवसरमा शुक्रबार शान्तिनगर–४ का घनश्याम केसीलाई ‘ह्वीलचियर’ सहयोग गर्नुभएको हो ।

सापकोटाले घरमै पुगेर ‘ह्वीलचियर’ सहयोग गर्नुभएको हो । गाउँपालिका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी, शान्तिनगर–४ का वडाअध्यक्ष गोमानबहादुर वली, निवर्तमान वडाअध्यक्ष धनबहादुर केसी, नेकपा एमालेका नेता विष्णु केसी, पदम केसी, सामुदायिक रेडियो हापुरेका अध्यक्ष ज्ञानप्रसाद आइतबारे, लायन्स क्लब दाङका अध्यक्ष गोरख वलीको उपस्थितिमा ‘ह्वीलचियर’ सहयोग गरिएको हो ।

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष केसीले जन्मदिन केक काटेर मनाउनुभन्दा विपन्न नागरिकलाई सहयोग गर्नु उदाहरणिय कार्य रहेको बताउनुभयो ।

जन्मदिन, वैवाहिक वर्षगाँठ खर्चिलो बन्दै गएको अवस्थामा खुटी सापकोटा परिवारले अपांगता भएका व्यक्तिलाई ह्वीलचियर सहयोग गरेर सामाजिक उत्तरदायित्वमा उदाहरण प्रस्तुत गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस