२०८२ माघ ८ गते बिहिवार

बबई नदिमा पौडि खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

दाङ । दाङमा पुरन्धारा छहरा नजिकै बबई नदिमा पौडि खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ गौरीशंकर टोल विकास स.स्थाका १७ वर्षका बिधान केसी र तुलसीपुर–६ का १८ वर्षका कुशल बुढामगर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेको इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी नायव निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो । सोही क्रममा आज सोमबार दिउँसो साढे २ बजेतिर बबई गाउँपालिका वडा नम्बर ५ पुरन्धारा छहरा नजिकै बबई नदिमा साथीसंग नुहाउन पसेका थिए ।

बबई नदिमा नुहाउने क्रममा दुबै जना डुबेर बेपत्ता भएका थिए । खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरी नायव निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस