तुलसीपुर । दाङको तुलसीपुरमा सर्पले टोकेर एक किशोरी गम्भिर बिरामी परेकी छिन । तुलसीपुर उपमहानगरपालिका–६ शिवशक्ति टोलमा बस्ने आइति जिसीका छोरी १३ वर्षकी बबिता जिसी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अबस्थामा आज मंगलबार विहान ९ बजेतिर नाम नखुलेको सर्पले टोकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
किशोरीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














